Climate Change and Nepal

NYCA Blog

  • Enter your email address to subscribe to this blog and receive notifications of new posts by email.

    Join 1,367 other followers

  • Join NYCA Googlegroups

    Google Groups
    Nepalese Youth for Climate Action (NYCA)
    Visit this group
  • Blog Categories

  • Blogpost Archive

  • Recent posts

  • Hits !

    • 41,056 friends

फोहर को सगरमाथामा उभिएर काठमाडौंलाई हेर्ने “राम्रो म” सभ्य मेरो परिवार

Posted by NYCA Blogger on June 14, 2010


– मुकेश डाँगी

सफा शहर हाम्रो रहर- यो भनाइ काठमाडौं मा बस्ने सबै ले सुनेकै हुनु पर्छ। काठमाडौं महानगरपालिका को मन्त्र हो यो। बाल बालिका लाई पनि स्कुल लेवल देखी नै सर्सफाइको बारेमा पदाइन्छ। काठमाडौं मा बस्ने हामी धेरै सिक्छित छोउ तै पनि काठमाडौं को हालत भने किन यस्तो फोहोरी होला ।हाम्रो पुस्ताकोलागी बाटोमा गर्लफ्रेन्ड सँग अङालो मारेर चाउ चाउ खाँदै हिंड्नु नोउलो होइन तर हामी चाउ चाउ खाइसके पछी बाटो मा खोल फाल्छोउ। अनी पछीलो पटक तेही बाटो हिड्दा अरु लाई सडक फोहर बनाएकोमा गाली गर्न पछी पर्दैनोउ।

हामी नेपाली गरीब छोउ, हाम्रो क्रयशक्ती कम्जोर छ तर शायद हामी लाई यो हेक्का छैनकी हामी ले आफुले किनेको लग्भग ४०% खाध्य बस्तु धोबी खोला, बागमती खोला नभए सडक पेटीमा फाल्छोउ। रायो को साग, तोरिको साग, काउली र बन्दालाई ४ वटा प्लस्तिकमा हालेर घर लायाउने चलन मेरो घरमा रोग नै हो । मेरो ममीलाई यसो नगरनु न भन्दा, हुन्छ अबचाही भनेको पनि ५ बर्ष बिती सक्यो तर कहिले काही त ४ मुठा साग मा ५ वटा सम्म प्लस्टिक मेरो घरमा आइ पुग्छ।

काठमाडौं महानगरपालिकाले आफ्नो बजेट को ६०% रकम त फोहरमैला बेबस्थापनमा मात्र खर्छ गर्छ, अनी दु:ख लाग्दो कुरा चाँही के छ भने सडकमा भएको ६०% प्रतिसत फोहर चाँही “अर्गानिक” अर्थात कुहिने फोहर हो जसलाई घर मा नै बेबस्थापना गर्न सकिन्छ र राम्रोसँग बेबस्थापना गर्नसक्ने हो भने ८०% ले घरमा नै घटाऊन सकिन्छ तर हाम्रो पुरानो रोग छ नि त्यो कुनै भोजभतेर मा जादा १ चोक्टो रोस्ट खाएर ३ चोक्टा चाँही फाल्ने यो बानीले सब लाई गाजेको छ। रेस्टुरेन्टमा खादा पनि मलाई खाइ नसकेको खाना प्याक गरेर घर लयाउन लाज लाग्छ, अन्त्यमा मेरै अगाडि वेटरले त्यो खाना डस्टबिनमा हाली दिन्छ। । तर पनि केही छैन, म आफुलाई राम्रो र सभ्य सम्जन्छु किन भने म त टाइ सुटमा नै जान्छु नि पार्टीमा ।

मेरो परिवार हुनेखाने मध्यको हो। इज्जत राम्रो छ। सब ले हाइ हाइ गर्छन्। घरमा कार छ, बुवा र काका राम्रो अफिसमा काम गर्नु हुन्छ। ममी कलेज पढाउनु हुन्छ, दिदी बातावरण सम्बन्धी एनजिओ मा हाकिम हो तर सांझ परेपछी मेरो बुवा लाई कारको ढोका बाट फुत्त रोड्मा फोहर फाल्दा कसैले देख्दैन। म त झन स्टाइलिस, स्मार्ट नै भऐ नि। राम्रा राम्रा जुत्ता लाउछु, फेसन का कपडा फेर्छु, २-३ जना त गर्लफ्रेन्ड नै छन। डेट गयो, रमाइलो गर्‍यो अरु त फुर्सद नै हुन्न। बहिनी उती ‘पन्क’, झन चुरोट पनि हान्छे उ त ठिक्कै छ उ पनि त २१ अं सताब्दिकी नारी हो। परिवर्तन कि सुचक हो। सभ्य त हुनै पर्‍यो नि। तर हामीले कहिले पनि घर मा परिवर्तन गर्ने कोशीस गरेनोउ। हामी लाई पनि दम्भ छ इज्ज्जतदार परिवारको सद्स्य भएको मा। हामी पनि तेही गर्छोउ जे बुवा आमा गर्नुहुन्छ। फोहोरमैला त समस्या नै होइन, हाम्रो लागि, कहाँ सारुक खान को फिल्म फ्लप भएर कत्रो टेन्सन छ आफु लाई । अलिकती समस्या भने को गर्लफ्रेन्ड सँग हिड्दा पिके अगाडि चाँही नाक छोपेर कुदनु पर्ने न हो, त्यो टोल का चाँही मान्छे साह्रै असभ्य छन, जहिले रोडमा लियाएर फोहर थुपार्छन। । केही छैन म राम्रो छदै छु, सभ्य छ मेरो परिवार । तेसैले मलाई अरु लाई गाली गर्ने अधिकार छ।

काठमाडौं महानगरपालिका र यो सँग सम्बन्धित मन्त्रालय को पनि काम छैन, यिनी हरु ले जनता ठग्ने मात्रा हुन। फोहर मैला बेबस्थापनको लागि भनेर च्याउसरी संस्था लाई अनुमती दिएका छन तर दु:ख लाग्दो कुरा चाँही धोबी खोला को किनर मा बस्ने म, मेरो घरको फोहर उठाउन महिनाको २०० रुपया तिर्थे तर फोहोर उठाएर संस्थाका मान्छेले घर अगाडि को पुल बाट खोला मा हालीदिन्थे। खोइ महानगरपालिका ?

सडक पेटी मा ब्यापार गर्ने दाजुभाइ हरुले कहिले पनि आफ्नो ब्यापार गर्दा निक्लेको फोहरलाई निहुरेर हेर्नु हुन्न। रत्नपार्कमा आकासे पुल बन्दा निकै खुशी लागेको थियो तर १ महिना पछी मुसल्धारे पानी पर्दा पुलमा पानी जमेर हिंड्न नसक्ने अबस्था देख्दा साह्रै दु:ख लाग्यो। के उक्त पुल को डिजाईन गर्ने ईन्जिनियरलाई र उद्घघाटन गर्ने नेताजि लाई लाज लाग्दइन? खोइ हामी पब्लिक ले आवाज उठाएको त्यहाँ देखा देखी भ्रस्टचार हुँदा।यो सब नेपालका ईन्जिनियर हरुको बेजत होइन ?

तर यो सब कहिले सम्म पक्कै पनि एक्दिन न एकदिन त नेपाली जनताले बुझ्ने छन। तर तेस्को लागि जाजरकोट कान्ड काठमाडौंमा दोहोरिनु पर्छ र दुई चार जना म जस्ता सभ्यले बलिदानी दिनु पर्ने हुन्छ। अनी मेरो बुवा ले कार बाट फोहोर फाल्दाको पारीणाम थाहा पाउनु हुन्छ, अनी मेरो आमा ले सब्जिकिन्दा एउटा मात्रा पलास्टिक लयाउनु हुन्छ। मलाई विश्वाश छ, त्यो दिन काठमाडौंमा चाडै आउँदै छ।

Advertisements

3 Responses to “फोहर को सगरमाथामा उभिएर काठमाडौंलाई हेर्ने “राम्रो म” सभ्य मेरो परिवार”

  1. Manoz said

    Its time for us to work. If we don’t the time to suffer wont be too far from us. The fact is that all youths need to give their best for the conservation of Kathmandu. It’s ours. I have made ad effort to make some awareness through my website: http://www.archivenepal.com For now, it was all I could do, but still I’m in search of opportunity. Wake up youths.. wake up.

  2. horizon said

    well written Mukesh g!

  3. manjeet said

    ओहो मुकेश खुशी लाग्यो तिम्रो फओर को कहानी पढेर, थप हौशला अरु पनि लेख्नु, पत्रिका मा पनि कुरा गर हुन्छ छाप्न लाई, तेसै गरि तिया को बारा मा नेपाली को बारा मा पनि लेखन, तिम्रो ब्लग पनि राम्रो छ , अमेरिका गयर नेपाली भुललेन छौ , खुशी लग्यो

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

 
%d bloggers like this: